काठमाडौं। हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात ईभी ब्रान्ड जीली ईएक्स–५ ले नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ। नेपालमा सार्वजनिक भएको दुई महिनामै जीली ईएक्स–५ म्याक्स र ईएक्स–५ प्रोका लागि आधिकारिक शोरुमहरूमा ग्राहक तथा उपभोक्ताहरूको बाक्लो भीड लाग्न थालेको छ।
कम्पनीले गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको बताएकाे छ। जीली ईएक्स–५ प्रति नेपाली उपभोक्ताहरूले देखाएको विश्वासले विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड जीली अटोमोबाइल ग्रुपप्रति उनीहरूको भरोसालाई थप झल्काएको छ।
काठमाडौं, पोखरा र विराटनगरसम्मका उत्साही ग्राहकहरू शोरुमहरूमा आफैं उपस्थित भएर जीली ईएक्स–५ को प्रत्यक्ष अनुभव लिइरहेका छन्। ईएक्स–५ मोडलको स्मार्ट, आकर्षक र वातावरणमैत्री SUV डिजाइनबाट उनीहरू निकै प्रभावित भएका छन्, जसले विद्युतीय सवारी साधनको परिभाषा नै पुनर्लेखन गरिरहेको छ।
एलआरआर मोटर्सका बिक्री प्रमुख अधीर श्रेष्ठले यस उत्साहप्रति खुसी व्यक्त गर्दै भने,‘हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं । शोरुम बाहिर लाग्न थालेको लाइन, रेकर्ड संख्यामा टेस्ट ड्राइभको बुकिङ यी सबैले नेपालीहरू जीलीको ‘स्मार्ट र टिकाउ मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएको देखाउँछ।’
टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले ईएक्स–५ को स्मूथ पर्फर्मेन्स र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई नेपालले खोजिरहेको ईभी भएकाे उनले बताए। एलआरआर मोटर्सले परिवार, युवा, व्यवसायी, पेशाकर्मी र ईभी पारखीहरूबाट फोन र सामाजिक सञ्जालमार्फत अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको जनाएको छ। धेरै ग्राहकहरूले ईएक्स–५ को ब्याट्री रेन्ज, विश्वसनीयता र आधुनिक सुविधा प्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय SUV मध्ये एक मानेका छन्।
एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले भने, ‘जीली EX5 प्रगतिशील सोच र आत्मविश्वास को प्रतीक हो । जीली EX5 प्रति हामीले पाएको उत्साह र स्वीकार्यताले नेपाली उपभोक्ताहरू जीली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ।’
उच्च मागका कारण एलआरआर मोटर्सले शोरुमको समय विस्तार गर्दै थप टेस्ट ड्राइभको अवधि बढाएको घोषणा गरेको छ। हाल शोरुम बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालनमा रहेको छ। साथै शनिबार र सार्वजनिक बिदामा समेत खुल्ला रहनेछ।
यस उत्साहलाई अझ उचाइमा पुर्याउन, एलआरआर मोटर्सले ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । यस अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सहज फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याकेज लगायतका लाभहरू प्राप्त गर्न सक्नेछन् ।