कोरोना प्रभावित देशबाट यात्रु ल्याउने एयर इन्डिया र थाइलाई कारबाही हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ८, शनिबार,०८:३५:PM  
कोरोना प्रभावित देशबाट यात्रु ल्याउने एयर इन्डिया र थाइलाई कारबाही हुने 

काठमाडौं । कोरोना प्रभावित देशबाट यात्रु ल्याउने एयर इन्डिया र थाईलाई कारबाही हुने भएको छ । सरकारले कोरोना प्रभावित देशबाट यात्रु ल्याउन रोक लगाइसके पनि थाइ र एयर इन्डियाले ६१ जना यात्रु लिएर शनिबार काठमाडौं आएका थिए । 

ती एयरलाई कानुन अनुसार कारबाही हुने नेपाल नागरिक उड्डयान प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । ‘जुन देशबाट यात्रु ल्याउन सरकारले रोकेको थियो, त्यही देशबाट दुई एयरलाइन्सले यात्रु ल्याएका छन्,’ क्षेत्रीले भने, ‘त्यसरी यात्रु ओसार्ने एयरलाइन्सलाई कारबाही हुन्छ ।’ 
उनले ती एयरलाइन्सलाई के कारबाही हुन्छ भन्ने खुलाएनन् । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top