सेयर बजार बन्द नहुने, ‘मनिटरिङ’ गर्ने निर्णय, लगानीकर्ताले गरे कारोबार बहिस्कार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,११:२३:AM  
सेयर बजार बन्द नहुने, ‘मनिटरिङ’ गर्ने निर्णय, लगानीकर्ताले गरे कारोबार बहिस्कार 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द नगर्ने भएको छ । आइतबार बसेको धितोपत्रको बोर्ड बैठकले सेयर कारोबार बन्द नगर्ने निर्णय गरेको  प्रवत्ता निरज गिरीले बताए ।

 बजारलाई बन्द गर्नु भन्दा पनि ‘मनिटरिङ’ गर्ने र आवश्यक परे मात्र बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए । बजारमा साना लगानीकर्ता भएकाले सेयर बेचेर जिविकोपार्जन गर्नेलाई पनि हेर्नुपर्ने अवस्था रहेकाले बन्द नगरेको उनको भनाई छ । 

सेयर बजार खोल्ने विषयमा धितोपत्र बोर्डले साढे १० बजेसम्म निश्चित गर्ने, स्टक ब्रोकरले गरे नखोल्ने  निर्णय

साेहि अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार खुला गरिसकेको छ । यता लगानीकर्ताहरुले सेयर कारोबार नगर्ने अडान लिएका छन् ।  लगानीकर्ताले कारोबार बन्द गर्न नेप्सेलाई दवाव दिएका छन् ।

 स्टक ब्रोकर एसोसियसन अफ नेपालले आइतबारदेखि सेयर कारोबार बन्दको निर्णय गरेका छन् । यस्तै सेयर लगानीकर्ताले पनि बजार बन्द गर्न सुझाएका छन् । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सेयर बाट थप

Top