इन्धन र खाद्यान्नको आपूर्ति नियमित, मौज्दात पर्याप्त : सरकार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,०५:४१:PM  
इन्धन र खाद्यान्नको आपूर्ति नियमित,   मौज्दात पर्याप्त : सरकार

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएसगै सरकारले मंगलबारदेखि एक साताका लागि लकडाउन गरेको छ । यस्तो अवस्थामा  उपभोक्तालाई दैनिक खाद्य बस्तु ,पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रबन्ध सरकारले सहज रुपमा गरिरहेको छ ।

उद्योग ,वाणिज्य तथा आपुर्ति मन्त्रालयले दिएको जानकारी अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत मंगलबार चामल १५ मेट्रिकटन बिक्री भएको छ भने २५ हजार ७१८ मेट्रिकटन स्टक रहेको जनाएको छ ।

यो स्टकले ३ महिना सम्मलाई धान्न सक्ने उल्लेख छ। यस्तै ७ हजार ५०० मेट्रिकटन चिनी मौजाद रहेको छ । २ हजार ५०० मेट्रिकटन आयातको क्रममा रहेको छ। अब सरकारसंग १ लाख ५९ हजार मेट्रिकटन मौज्दात छ । यो स्टक १० महिनालाई पुग्ने छ । मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थ अभाव छैन ।

अहिलेसम्मको अवस्था अनुसार डिजेल आपुर्ति २ हजार ७५२ किलोलिटर । छ भने २ हजार ७२१ किलो लिटर बिक्री भएको छ । अहिले सरकारसंग ५ हजार ९४७ मेट्रिकटन मौज्जात छ । पेट्रोल आपुर्ति ५ हजार ३८० किलोलिटर भएको छ । ८ हजार ६३७ किलो लिटर बिक्री भएको छ । हाल ३४ हजार १७४ किलोलिटर मौज्जाद छ ।

मट्टीतेल आपुर्ति १४० किलोलिटर भएको छ । बिक्री १४४ किलो लिटर र मौजात २ हजार ६८३ किलो लिटर रहेको छ । हवाई ईन्धनको आपुर्ति २५६ किलो लिटर छ भने २२६ किलो लिटर बिक्री भएको छ ।  ७ हजार १७६ किलो लिटर मौजात छ ।

एलपी ग्यासको आपुर्ति ७२० मेट्रिकटन भएको छ भने बिक्री ३१ हजार ९४४ मेट्रिकटन भएको छ। एलपी ग्यासको मार्च महिनाको कोटा ५० हजार मेट्रिकटन रहेकोमा हालसम्म ३१ हजार ९४४ मेट्रिक  टन आपुर्ति भएको छ । हाल आयात नियमित छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top