नगरकाेटका हाेटलमा १ हजार अट्ने क्वारेन्टाइन बनाउने, पशुपति धर्मशालालाई पनि प्रयोग गर्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०२:३४:PM  
नगरकाेटका हाेटलमा १ हजार अट्ने क्वारेन्टाइन बनाउने, पशुपति धर्मशालालाई पनि प्रयोग गर्ने

काठमाडौं । भक्तपुरको नगरकाेटमा रहेको ११ वटा हाेटललाई क्वारेन्टाइनकाे रुपमा प्रयोगमा ल्याईने भएको छ। काेराेना भाइरस काे कारण हाेटल बन्द भएपछि त्यस ठाउँमा क्वारेन्टाइन बनाउन लागिएको हाे ।

क्वारेन्टाइनका लागि हाेटल दिन व्यवसायीहरु तयार भएपछि स्थलगत निरिक्षणका लागि बिहीबार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराई सहितकाे टाेलि नगरकाेट पुगेका थिए । निरिक्षण काे क्रममा तत्कालका लागि ११ वटा होटलमा १ हजार जना राख्न सकिने र अन्य स्वयसेवक सुरक्षा टिम मेडिकल टिम र विशेष विरामीहरुको लागी थप एक एक वटा होटल व्यवस्थान मिलाएको छ ।

आवश्यक परेको अवस्थामा नगरकोट क्षेत्रमा २ हजार जनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने अवस्था रहेको जनाएको छ । त्यस्तै भक्तपुर स्थित काठमाडौं मेडिकल कलेज दुवाकोटमा क्वारेन्टाइनको लागि ४सय ५० र आइसोलेसनको लागि ५ वाड तयारी अवस्थामा राखिएको छ ।

पशुपती क्षेत्रमा रहेको नवनिमीर्त धर्मशालामा ७० जनाको लागी क्वारेन्टाइन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको मन्त्री भट्टराईले जानकारी दिए। मन्त्रालयका सचिव ,पर्यटन विभागका प्रमुख , पर्यटन वोर्डका प्रमुख होटल ब्यबसयीहरु भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारि सुरक्षा निकायका प्रमुहरु चागुनारायण नगरपालिकाका मेयरसहितको जनप्रतिनिधीहरु सहित नगरकोटका होटलहरुको निरिक्षण गरेका थिए।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top