कोरोना भाइरसबाट स्पेनमा एकैदिन ७३८ को मृत्यु 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०६:४२:PM  
कोरोना भाइरसबाट स्पेनमा एकैदिन ७३८ को मृत्यु 

एजेन्सी । नोवेल कोरोना भाइरस (कोभिड१९० ) का कारण स्पेनमा एकै दिनमा ७३८ जनाको मृत्यु भएको छ ।

हालसम्म ३ हजार ४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ । मृत्यु हुनेको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो।

स्पेनले चीनलाई पछि पारेको छ । चीनबाट यो महामारीको उत्पत्ति भएको थियो । चीनमा कोभिड  १९ का कारण ३ हजार २८७ जनाको मृत्यु भएको छ । तर अर्को युरोपेली मुलुक इटालीमा मृत्यु हुनेको संख्या सबभन्दा बढी छ । जहाँ ६ हजार ८२० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन् । जुन हिजोको तुलनामा २० प्रतिशतले बढी हो ।

हालसम्म मुलुकभर ४७ हजार ६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ। तीन हजार १६६ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने तीन हजार ७९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top