रसुवागढी र तातोपानी नाका  खुलाउने निर्णय

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०८:१४:PM  
 रसुवागढी र तातोपानी नाका  खुलाउने निर्णय

काठमाडौं । सरकारले सामान आयात र निर्यातका लागि चीनतर्फका रसुवागढी र तातोपानी नाका  खुलाउने निर्णय गरेको छ ।

बुधबार बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यी दुई नाका खुला गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गरिने भएको छ ।

त्यसका लागि  आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने जनाइएको छ । कोभिड–१९ को संक्रमण फैलिएसँगै रसुवागढी र तातोपानी नाका बन्द गरिएको थियो ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top