कुनै पनि बहानामा बिरामीलाई नफर्काउन मेडिकल काउन्सिलको चेतावनी, बिरामी नजाँचे कारबाही 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,०८:२१:PM  
कुनै पनि बहानामा बिरामीलाई नफर्काउन मेडिकल काउन्सिलको चेतावनी, बिरामी नजाँचे कारबाही 

काठमाडौं । जाँच्दै नजाँची बिरामी फर्काउने अस्पताललाई कारबाही गरिने भएको छ । सामान्य बिरामी भएर अस्पताल जानेलाई अस्पतालले फर्काउने गरे गरेपछि नेपाल मेडिकल काउन्सिलले कारबाही गर्ने भएको हो । 

अस्पतालमा जाने सबै बिरामी कोरोना भाइरसका बिरामी हुँदैनन् । तर, अस्पतालले सबै विरामीलाई कोरोना भाइरसकै सरह व्यवहार गरेर फर्काउने गरेका छन् । 

मुलुकभर अहिले साना ठूला गरी ६ सय १८ ओटा अस्पताल छन् । तर, ती मध्यले अधिकांशले कोरोना भाइरसको आशंकामा सामान्य रुघा खोकीको विरामीलाई उपचार विहीन बनाउँदै फर्काइरहेका छन् । 

एउटाले अर्कालाई देखाएर पन्छिने प्रवृत्तिले विरामी अस्पतालका अस्पताल चाहनुपर्ने परेको छ । व्यक्तिगत सुरक्षा सामग्रीको अभाव देखाउँदै चिकित्सकले जाँच गर्न नमान्दा निमोनिया र टाइफाइडका विरामी समेत उपचार विहीन भएका छन् । 

तर, अस्पताल र चिकित्सकले आफू कहाँ आएका विरामीलाई विनाजाँच फिर्ता पठाउन नमिल्ने र अहिलेको संकटको अवस्थामा आफूसँग उपलब्ध स्रोत साधनको प्रयोग गरी उपचार गर्नु अस्पताल र चिकित्सको पहिलो दायित्व मेडिकल काउन्सिलको भनाइ छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी समाचार बाट थप

Top