व्यापारी र मिल सञ्चालकले खाद्यान्न लुकाएको सरकारी आंशका, गोदाम र मिलबाट स्टक लिँदै सरकार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १४, शुक्रबार,०९:३७:AM  
व्यापारी र मिल सञ्चालकले खाद्यान्न लुकाएको सरकारी आंशका, गोदाम र मिलबाट स्टक लिँदै सरकार 

काठमाडौं । सरकारले काठमाडौंका खाद्यान्न गोदाम र मिलमा रहेको मौज्दातको विवरण संकलन गर्न सुरु गरेको छ । व्यापारी तथा मिल सञ्चालकले खाद्यान्न लुकाएको हुन सक्ने सूचना पाए पछि गृह मन्त्रालयले काठमाडौंको खाद्यान्नको मौज्दात संकलन सुरु गर्न लागेको हो । 

गृह मन्त्रालयले प्रहरीलाई खाद्यान्नको स्टकको विवरण संकलन गर्न लगाउने तयारी थालेको हो । ‘कुन गोदामसँग कति खाद्यान्न छ, कुन मिलसँग कति खाद्यान्न बाँकी छ भनेर सरकारले विवरण संकलन गर्दै छ’ गृहसचिव महेश्वर न्यौपानेले भने, ‘अहिले राजधानीमा रहेको मिल र खाद्य गोदामको पहिचान गर्ने काम भइरहेको छ ।’ 

प्रहरीले मिल तथा खाद्य गोदाममा रहेको खाद्यान्नको विवरण मात्रै होइन्, त्यहाँ रहेको खाद्यान्न समेत लिने तयारी गरेको हो । सरकारले ६ महिनालाई पुग्ने खाद्यान्न अहिले मौज्दात रहेको बताए पनि अहिले नै अभाव देखिन थालेको छ । त्यही भएर गृहले प्रहरीको सहयोगमा सम्पूर्ण मौज्दात संकलन सुरु गर्न लागेको हो । 

केही दिन अघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ६ महिनालाई पुग्ने खाद्यान्न रहेको बताएका थिए । तर, अहिले बजारम हाहाकार देखिन थाले पछि प्रहरीको सहयोगमा स्टकको विवरण लिने खाद्यान्न बाहिर निकाल्ने कार्य सुरु हुने न्यौपानेले जानकारी दिए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top