एनसेल र  टेलिकमबाट आफैं यसरी गर्नुस्  कोरोना भाइरस परीक्षण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख ३, बुधबार,०९:३४:PM  
एनसेल र  टेलिकमबाट आफैं यसरी गर्नुस्  कोरोना भाइरस परीक्षण

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि एसएसडी कोड मार्फत कोरोना भाइरस संक्रमणको परीक्षण गर्न सकिने सुविधा दिएको छ । कम्पनीका ग्राहकले १७१०० डायल गरी कोरोनाको परीक्षण गराउन सक्नेछन् ।

एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बुधवारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको हो ।

यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ । यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ ।

सर्वेक्षणमा भाग लिनु पूर्व नै यस सर्वेक्षणको उद्देश्य सरकारलाई कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ । 

‘  विपद्को घडीमा हामी सबैले आ–आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ गर्नु पर्दछ र हामी आफ्ना १ करोड ७० लाख भन्दा बढि ग्राहकहरु र साझेदारहरुको सुस्वास्थ्यको लागि हामी प्रतिवद्ध छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एण्डी चोङ्गले भने ।

यस्तै नेपाल टेलिकमको सीम प्रयोगकर्ताले डायल प्याडमा गएर ८१४१९३ डायल गरी सोधिएको प्रश्नको जवाफ दिनुपर्नेछ । टेलिकमले कोरोना जाँचका लागि ज्वरो आए नआएको, खोकी लागे नलागेको प्रश्न सोध्नेछ । जवाफ अंकमा दिनु पर्नेछ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top