राजधानी प्रवेश नाका नागढुंगामा भेहिकल डिसइन्फेक्सन टनेल 

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ वैशाख १८, बिहीबार,०६:३९:PM  
राजधानी प्रवेश नाका नागढुंगामा भेहिकल डिसइन्फेक्सन टनेल 

चन्द्रागिरि नगरपालिका र सुन्दर यातायात प्रालिको सहकार्यका नागढुंगामा डिसइन्फेक्सन टनेल बनेको छ । कोभिड(१९ रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं उपत्यका भित्रने नाकामा डिसइन्फेक्सन टनेल बनाइएको चन्द्रागिरि नगरपालिकाले बताएको छ ।

नागढुंगामा टनेल बनाउने कार्य मंगलबारदेखि सुरू गरिएको र आज विहिबार सकिएको सुन्दर यातायात प्रालिका अध्यक्षले जानकारी दिएका छन् । टनेल निर्माणपछि नागढुंगा हुँदै उपत्यका भित्रने प्रत्येक सवारीसाधन डिसइन्फेक्सन गराएपछि मात्र प्रवेश पाउनेछन् । 

डिसइन्फेक्सन टनेल निर्माण, मर्मत तथा औषधिको व्यवस्थापन सुन्दर यातायातलाई दिइएको र पानी, बिजुली, सुरक्षा र सञ्चालन नगरपालिकाले विभिन्न निकायको समन्वयमा गर्ने नगरपालिकाले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top