सरकारी निकायबीच समन्वय नहुँदा हैरान भयौं- नाडाका महासचिव सुनील रिजालकाे गुनासाे

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख २८, आइतबार ,०६:०८:PM  
सरकारी निकायबीच समन्वय नहुँदा हैरान भयौं- नाडाका महासचिव सुनील रिजालकाे गुनासाे

शुक्रबारदेखि सरकारले ४२ ओटा क्षेत्रलाई खुल्ला गर्ने निर्णय गर्यो । त्यो सरकारी कदमलाई एकदमै स्वागत गर्नुपर्छ । तर, सरकारी निकायबीच समन्वय नभएको महशुस भइरहेको छ । हामी शुक्रबार वर्कसप र स्पेयर पार्टका पसल खोल्न गयौ । स्थानीय सरकार र प्रहरीले तत्काल वर्कसप र स्पेयर पार्टका पसल बन्द गर्न लगायो । यसबाट के कुरा बुझियो भने स्थानीय निकाय र केन्द्र सरकारबीच समन्वय भएको छैन् । 

शुक्रबार १० बजे नै प्रहरी प्रशासनले खुलेका पसल बन्द गराउन आयो । ४२ ओटा उद्योग व्यवसायमा वर्कसप र स्पेयर पार्टको पसल खुला गरिने भन्ने छ । र आइतबार पनि १२ बजे बन्द गराउन पसलमा प्रहरी आइपुगेको छ । 

केन्द्र सरकारले प्रदेश र स्थानीय निकायसँग समन्वय गर्नुपर्यो । कि खोल्न दिने भन्नुपर्यो । कि पूर्ण रुपमा बन्द गर्नुपर्यो । यसरी दुख दिनु भएन । उद्योग व्यवसायलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा अलि गम्भीर बन्नुपर्ने देखिएको छ । 

अहिले केन्द्रीय सरकारको मात्रै एक्लो प्रयास भएको देखिएको छ । केन्द्र सरकार मात्रै तातेको जस्तो देखिएको छ । स्थानीय सरकार पनि यस विषयमा गम्भीर बन्नुपर्ने देखिएको छ । 

केन्द्र सरकारले यति लामो समय लगाएर अध्ययन गरेर सुरक्षाका मापदण्ड बनाएर उद्योग खोल्न दिने भनेको छ । तर, स्थानीय सरकारले धमाधम रोक्दै हिडेको छ । केन्द्र सरकारले दबाब दिएर उद्योग व्यवसायलाई राम्रोसँग सञ्चालन गर्न दिनुपर्छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top