सबै समुह राताम्मे, नकारात्मक सर्किट ब्रेक पछि बजार बन्द 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख ३०, मङ्गलबार,०२:४२:PM  
 सबै समुह राताम्मे, नकारात्मक सर्किट ब्रेक पछि बजार बन्द 

डेढ महिनापछि खुलेको सेयर बजार नकारात्मक सर्किट ब्रेक भएपछि बन्द भएको छ । लकडाउनको कारण ४९ दिन बन्द भएपछि खुलेको सेयर बजार शुरुदेखि नै ओरालो लाग्न थालेको थियो । नेप्सेले लकडाउन अवधिभर खुल्ने बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि शेयर बजार बन्द गर्ने निर्णय गरेको छ ।

सोहि अनुसार नेप्से २५ दशमलव ३० अंकले घटेपछि बजार बन्द भएको हो। आइतबार १० करोड ४५ लाख बराबरको सेयर कारोबार भएको छ । सबै उपसमुहहरु राताम्मे भएको आजको दिन सबैभन्दा बढी लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् ।

सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट, छिमेक लघुबित्त बिकाश बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । हिमालयन बैंक, नबिल बैंकका लगानीकर्ताहरुले बढी गुमाएका छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top