काेमामा पुगेकाे पर्यटन क्षेत्रलाई नीति तथा कार्यक्रमले ब्युँत्याएन, व्यवसायी भन्छन्, 'झारा टार्ने काम भयाे'

account_box सुवास याेञ्जन ,
प्रकाशित: २०७७ जेठ २, शुक्रबार,०८:५४:PM  
काेमामा पुगेकाे पर्यटन क्षेत्रलाई  नीति तथा कार्यक्रमले ब्युँत्याएन, व्यवसायी भन्छन्, 'झारा टार्ने काम भयाे'

काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) महामारीबाट थला परेको नेपालको पर्यटनका लागि सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रममा राहतसहित नयाँ  योजना आउने धेरैको अपेक्षा थियो ।

विषेश गरेर कोरोना महामारीपछिको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक विभिन्न कार्यक्रमका प्याकेजको आशा गरेर बसेका पर्यटन व्यवसायीहरु अहिले निराश भएका छन ।

पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संगठनले संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत विभिन्न राहतका प्याकेजहरु माग्दै आएका थिए ।

नीति तथा कार्यक्रममा पर्यटन सम्बन्धी ठोस योजना नआएको भन्दै सरकारको विरोध मात्र गरेका छैनन,काम गर्ने तौल तरिका माथि नै उनीहरुले प्रश्न समेत उठाएका छन् ।

सरकारको नीति तथा कार्यक्रम अपेक्षाकृत नआएको होटल एशोसिएन अफ नेपाल(हान)का प्रथम उपाअध्यक्ष विनायक शाहको भनाई छ । उनले पर्यटन क्षेत्रको पुनरुत्थानका कार्यक्रम ल्याउने भनेर झारोटार्ने काम मात्र गरेको बताए ।

कम्तिमा मन्त्री योगेश भट्टराईले भन्दै आएको २०२० देखी ३० सम्मलाई भ्रमण वर्ष दशक मनाउने योजनालाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको पाइएन ,उनले भने ।

ट्रेकिङ एजेन्सीज एशोसिएन अफ नेपाल(टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन क्षेत्रको नाममा केही विमानस्थल बाहेक अरु कुनै नयाँ कार्यक्रम नआएको बताए ।

उनले नीति तथा कार्यक्रमले पर्यटन क्षेत्र र त्यसमा पनि ट्राभल र ट्रेकिङ क्षेत्रलाई नछोएको प्रतिक्रिया दिए । अब हाम्रो अपेक्षा बजेटमा हो,नीति तथा कार्यक्रममै प्राथमिकतामा नपरेपछि बजेटमा पनि के आशा गर्नु ? उनले भने ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाईले नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई वेवास्ता गरेको बताए । अहिले यो कार्यक्रमले सरकारले पर्यटन क्षेत्रलाई वास्था गर्दैन भन्ने प्रष्ट भएको छ,अध्यक्ष गुरागाईले भने,यो नीतिको निन्दा गर्छौ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले सरकार काम गर्न असक्षम मात्र हैन,के गर्नुपर्छ भन्ने थाहा नभएको जस्तो लागेको बताए । कोरोना भाइरसले थलिरहेको बेला सरकारले कल्पनाको पुलिन्दा मात्र लिएर आएको छ,उनले भने ।

नीति तथा कार्यक्रम सुन्दा सरकार सुन्दर जस्तो भान भए पनि काम गर्न असक्षम रहेको मात्र हैन,के गर्न हुन्छ र के गर्न हुदैन भन्ने समेतको ज्ञान नभएको जस्तो देखिएको छ,प्रवक्ता कडेलले भने । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अधिकाशं अघिल्लो वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको पाइएको छ । यति मात्र हैन,आफैले घोषणा गरेका कार्यक्रमहरु समेत आगामी वर्षलाई पुरा गर्ने गरी भाका समेत सारिएको छ ।

गत वर्षकै नीति तथा कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१९ भित्रै सञ्चालनमा ल्याइसक्ने उल्लेख गरिएको थियो । अहिलेसम्म काम सम्पन्न नभएपछि सञ्चालनको भाका सारेर आगामी बर्षलाई राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिकको रुपमा विस्तार गर्ने योजनालाई पनि आगामी वर्षसम्म लम्ब्याएको छ ।

सुवास याेञ्जन

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top