देशको अर्थतन्त्र जोगाउँदै आएका उद्योगी÷व्यापारी आफै संकटमा पर्दासमेत सरकारले कुनै वास्त नगरेपछि उद्योगी÷व्यवसायीले आन्दोलन गर्ने तयारी थालेका छन् ।
नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उपेक्ष गरेको र बजेटले पनि त्यही गरे सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा निस्किने बताएका छन् । विराटनगरमा रहेका तीन ओटा उद्योगी÷व्यापारीका संगठनले विज्ञप्ति निकाल्दै उद्योगी बचाउने गरी कुनै पनि कार्यक्रम वा राहत नल्याए सरकार अर्थमन्त्री डा. युवराज खतिवरा विरुद्ध उत्रिने भएका हुन् ।
विराट व्यापार संघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङले सयुक्त रुपमा विज्ञप्ति निकाल्दै निजी क्षेत्रले दिएका सुझावलाई अर्थमन्त्री खतिवडाले कार्यान्वयन गरेर सडकमा निस्किनुको अर्को विकल्प नभएको बताएका छन् ।
विश्वका अन्य मुलुकले निजी क्षेत्रलाई तीन चरणको राहत प्याकेज दिइसकेका छन्, अझै दिने बताइरहेका छन् । तर, नेपाल सरकारले अहिलेसम्म कुनै पनि राहत नदिएको र बजेटले पनि कुनै सम्बोधन गरेन भने उद्योग÷व्यवसाय बन्द गरेर आन्दोलन गर्नुको विकल्प नभएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।
‘अहिलेसम्म जेनतेन सहेर बसेका छौं, बजेटले केही सम्बोधन गर्छ कि भनेर कुरेका छौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘तर, बजेटले पनि केही सम्बोधन गरेर भने सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिनुको अर्को विकःप हुँदैन ।’
अहिले सरकारले उद्योगी÷व्यवसायीलाई परेको कुनै पनि समस्यालाई राम्रोसँग बुझ्ने र उनीहरुलाई बचाउने प्रयास गरेको छैन । यदि बजेटले पनि यस्तै गर्ने हो भने उद्योगीसँग एउटा मात्रै विकल्प भनेको आन्दोलन गर्नु हो । हामीले त्यही बाटो रोज्नुपर्छ,’ घिमिरेले भने ।