नोकिया ‘सी टू’ सस्तो फोरजी स्मार्टफोन बजारमा, मूल्य  ९,२९९

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ३२, आइतबार ,०९:०४:PM  
नोकिया ‘सी टू’ सस्तो फोरजी स्मार्टफोन बजारमा, मूल्य  ९,२९९

काठमाडौं ।  नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले कम मूल्यको स्तरीय फोरजी स्मार्टफोन नोकिया सीटु बजारमा ल्याएको छ । यो स्मार्टफोनमा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ ।

नोकिया सीटु फोरजी स्मार्टफोनमा ५.७ इन्चको एचडी आइएसपी डिस्प्ले स्क्रिन छ । जसलाई टफन ग्लासद्धारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ । यसमा एन्ड्रोइड नाईन पाइ अपरेटिगं सिस्टम छ ।  जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिगं सिस्टम हो । गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ । यसमा माइक्रो एसडी कार्डद्धारा ६४ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ । यो स्मार्टफोनमा बदल्न मिल्ने २८०० एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ । 

फोटोग्राफीको लागि नोकिया सीटु फोरजी स्मार्टफोनमा पछाडि पाँच मेगापिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि पाँच मेगापिक्सेल क्यामरा, सेन्सर एलइडी फ्ल्यास् लाइट छ । यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्र्डड क्यामरा फिचरहरु रहेको छ । स्मार्टफोनको बजार मूल्य  ९ हजार २ सय ९९ रहेको छ । बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ ।

साथै अहिले बजारमा उपलब्ध भईरहेको नोकिया सी वान, नोकिया २.३   स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरुले अत्यन्त रुचाएको कम्पनीको दाबी छ । साथै नोकियाका फिचर फोनहरु र  स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन् । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top