स्टक डिलर कम्पनीले सेयर कारोबार गर्न बोर्डमा दियो निवेदन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,०३:३५:PM  
स्टक डिलर कम्पनीले सेयर कारोबार गर्न बोर्डमा दियो निवेदन 

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सेयर कारोबार सुरु गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हालै बोर्डसंग सञ्चालन अनुमति मागेको हो । यसअघि बोर्डले निवेदन दिन स्टक डिलरलाई भनेको थियो ।

स्टक डिलर साउनको दोस्रो सातादेखि सञ्चालनमा आउने तयारी गरेको छ । कम्पनीले ‘बल्कमा’ सेयर कारोबार गर्ने छ । छिटोमा साउनको पहिलो साता नभए दोस्रो सातासम्म स्टक डिलरले सेयर कारोबार सुरु गरिसक्ने नागरिक लगानी कोषको कार्यकारी निर्देशक रामन नेपालले स्पष्टपारे ।

स्टक डिलरमा नागरिक लगानी कोष, राष्ट्रिय पुर्नबीमा कम्पनी लिमिटेड र नेपाल टेलिकमको संयुक्त लगानी छ । कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ छ । 

टेलिकमले कम्पनीमा ४५ करोड रुपैयाँ लगानी गरेको छ । पुर्नबीमाले ५० करोड रुपैयाँ सेयर लगानी गर्ने छ । ५ अर्ब रुपैयाँ चुक्तापुँजी हुने कम्पनीमा २ अर्ब ५५ करोड रुपैयाँ कोषको लगानी हुने छ ।

संस्थापक सेयरधनीबाट ‘बास्केट फण्ड’ बनाएर स्टक डिलरले सेयर बजारमा लगानी गर्ने छ । कोषका अनुसार स्टक डिलरको माध्यमबाट ‘बल्क’मा सेयर खरिद बिक्री गर्न सकिनेछ । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने सेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।  

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top