मौद्रिक नीति सुक्ष्म व्यवस्थापनमा केन्द्रित (मौद्रिक नीतिको पूर्णपाठ) 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन २, शुक्रबार,०४:१७:PM  
मौद्रिक नीति सुक्ष्म व्यवस्थापनमा केन्द्रित (मौद्रिक नीतिको पूर्णपाठ) 

बैंक तथा वित्तीय संस्थाहरुले हरेक क्षेत्रमा आफूखुसी निर्णय गर्दै ग्राहकहरुलाई अफ्ठ्यारो पार्ने गरेको गुनासाहरुलाई सम्बोधन गर्दै केन्द्रीय बैंक सुक्ष्म व्यवस्थापन (माईक्रो म्यानेज्मेन्ट)मा उत्रिएको छ । विगतदेखी नै माईक्रो म्यानेज्मेन्टमा केन्द्रिय बैंक लागेको आरोप लाग्दै आएपनि चालू वर्षको मौद्रिक नीतिले ग्राहकहरुसँग लिने सेवाशुल्कसमेत केन्द्रिय बैंकले तोकिदिएको छ । 

बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने सेवा शुल्कहरुलाई थप व्यवस्थित र पारदर्शी बनाउन भन्दै केन्द्रिय बैंकले सीमा तोकेको हो । अवदेखी वाणिज्य बैंकले ०.७५ प्रतिसत, विकास वैंकले १ प्रतिसत, वित्त कम्पनीले १.२५ प्रतिसत र लघु वित्त वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत अधिकतम १.५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ ।

यसअघि वाणिज्य बैंकहरुको वार्षिक कार्ययोजनासमेत केन्द्रीय बैंकलाई बुझाउनुपर्ने र त्यसअनुरुपमा कार्यक्रम कार्यान्वयन भए÷नभएको केन्द्रीय बैंकले अनुगमन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top