यी कम्पनीले दिइरहेका छन शुन्य प्रतिशतदेखि सस्तो डाउनपेमेन्टमा बाइक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १२, साेमबार,०१:३७:PM  
यी कम्पनीले दिइरहेका छन शुन्य प्रतिशतदेखि सस्तो डाउनपेमेन्टमा बाइक

काठमाडौं । बन्दाबन्दी (लकडाउन) मा अस्तव्यस्त भएको अटो क्षेत्रलाई चलायमान बनाउन पछिल्लो समय कम्पनीहरुबीच ‘स्किमको अफर’को प्रतिस्पर्धा चलेको छ ।

दुईपाङ्ग्रेमा पनि अफरको बहार नै छाएको छ । बजाज बाइकको नेपालको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजका बाइकमा २० देखि ५० प्रतिशत डाउन पेमेन्ट मै मोटरसाइकल उपलब्ध गराउन गराउँदे आएको छ । त्यस्तै १२ हजार रुपैयाँसम् छूटसमेत दिएको छ । 

त्यसैगरी केही ग्राहकको लागि शून्य प्रतिशत ब्याजदरमा नै बजाजको नयाँ बाइक उपलब्ध हुने कम्पनीले जनाएको छ । यामाहाको बाइकको आधिकारीक बिक्रेता मोरङ अटो वर्कले शून्य प्रतिशत ‘डाउन पेमेन्टमा’ नै यामाहाको बाइक र स्कुटर उपलब्ध गराउने अफर ल्याएको छ । कम्पनीले शून्य प्रतिशत ब्याजका साथै १० हजार नगद छुट पनि दिएको छ ।

त्यस्तै, टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मासिक ९९ रुपैयाँ किस्ता तिरे बाइक उपलब्ध हुने स्किम ल्याएको छ । कम्पनीले बाइकमा १२ हजार र स्कुटरमा १० हजार नगद छुटसमेत दिएको छ । दुवैमा शून्य फाइनान्सको समेत सुविधा रहेको छ । ६ महिनासम्म ९९ रुपैयाँ तिरेपछि त्यसपछि बाँकी किस्ता सुरु हुने कम्पनीले जनाएको छ । 

नेपालका लागि होण्डा बाइकको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले एक रुपैयाँको डाउन पेमेन्टमा बाइक उपलब्ध हुने अफर ल्याएको छ । साथै कम्पनीले एक प्रतिशत ब्याजमा नै बाइक उपलब्ध गराउने जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top