एनआरएन इन्फ्रास्टक्चरको आईपीओ शुक्रबारदेखि ३१ लाख ६० हजार कित्तासम्म आवेदन दिन पाइने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,०३:४४:PM  
एनआरएन इन्फ्रास्टक्चरको आईपीओ शुक्रबारदेखि ३१ लाख ६० हजार कित्तासम्म आवेदन दिन पाइने 

काठमाडौं । गैरआवासिय नेपालीले स्थापना गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई साउन १६ शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३३ करोड ९८ लाख रुपैयाँ बराबरको ३३ लाख ९८ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा साउन २१ र ढिलोमा भदौ ३ गतेसम्म तोएिको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । 

आईपीओका लागि न्युनतम १० देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन पाइने छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब १३ करोड २६ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले विभिन्न जलविद्युत आयोजनाहरुमा सेयर लगानी गरिरहेको छ । 

यो पनि पढ्नुस 

जलविद्युतमा आक्रमक बन्दै एनआरएन इन्फ्रास्टक्चर,२७३ मेगावाटका ७ आयोजनामा लगानी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top