उद्योगी पवन गोल्यानको शनिबारः फोन उठाए ‘पेनाल्टी’ 

account_box सुजन ओली ,
प्रकाशित: २०७७ साउन १७, शनिबार,०८:१७:AM  
उद्योगी पवन गोल्यानको शनिबारः फोन उठाए ‘पेनाल्टी’ 

आइतबारदेखि शुक्रबारसम्म उद्योगी पवन गोल्यान अत्यन्तै व्यस्त रहन्छन् । नहुन पनि किन, व्यावसायिक घराना गोल्यान ग्रुपको नेतृत्व सम्हालिरहेका पवन केही वर्षदेखि कृषिक्षेत्रमा पनि अहोरात्र खटिएका छन् । उसै पनि अत्यन्तै व्यस्त रहने गोल्यान कृषिमा लगानी विस्तार गरेपछि उनको व्यस्तता झनै बढेको छ । 

सप्ताहन्तमा उनको व्यस्ततालाई ‘ब्रेक’ लाग्छ । ६ दिनको निरन्तर कामले पारिवारिक जमघट कम हुने भएकाले हरेक शनिबार उनी ‘फ्याम्ली मुड’मा हुन्छन् । तर, व्यस्तता उनको यस्तो छ कि, शनिबार पनि उनलाई फुर्सद कम छ ।  

पछिल्लो समय गोल्यान ग्रुप अन्तर्गत रहेका सम्पूर्ण व्यवसाय छोरा, बुहारी, भतिजहरुलाई जिम्मा लगाए पनि पवनले कृषि क्षेत्रको मुख्य जिम्मेवारी आफ्नै काँधमा लिएका छन । त्यति मात्रै होइन्, केही समय यता युवापुस्तालाई उद्यमशीलता बनाउने उद्देश्यका साथ उनीहरुलाई उत्प्रेरणाको शिक्षा (मोटिभेसनल क्लास) समेत दिन थालेकाले पनि आइतबारदेखि शुक्रबारसम्म उनको व्यस्तता बढेको हो । 

केही समय अघिसम्म उनका टेवलमा गोल्यान ग्रुप अन्तर्गत रहेका उद्योगका फाइल हुन्थे भने उनलाई भेट्न आउनेहरु पनि त्यही सम्बन्धित हुन्थे । तर, अचेल उनको कुर्ची अघि हुन्छन्, त केवल वनबाट कसरी आम्दानी लिन सकिन्छ ? कुन क्षेत्रमा कुन कृषिको सम्भावना छ ? भन्ने फाइल तथा प्रस्ताव मात्रै हुन्छन । र, भेट्न आउने पनि त्यस्तै व्यक्ति । 

उनले बाँकी रहेको जीवन राष्ट्रको सेवा र कृषि क्षेत्रमा भएको सम्भावनालाई उजागर गर्ने सोचसहित आफ्नो सम्पूर्ण व्यवसाय छोरा, बुहारी र भतिजहरुलाई जिम्मा लगाएका छन । अहिले सातामा ६ दिन कृषि क्षेत्रको विकास, युवाहरुलाई उद्यमी बन्ने आइडिया र उनीहरुले ल्याएका प्रस्तावहरु माथि छलफल गर्दैमा उनको समय बितिरहेको छ । 

गोल्यान ६ दिनसम्म देश, समाज, उद्यमी बन्न लालयित युवा/युवतीसँग बिताउँछन् भने शनिबार आफ्नै परिवारलाई समय दिन्छन् । हप्तामा ६ दिन उनको कसलाई भेट्ने, के विषयमा कुरा गर्ने ?, कुन कृषि क्षेत्रको विकासमा कसरी अघि बढ्ने ? र कुन युवा वा युवतीले ल्याएको प्रस्ताव कस्तो छ ? त्यमाथि आफूले थप के गर्न सकिन्छ भन्ने विषयमा छलफल र सोच्दा सोच्दै भन्दैमा बित्छ ।  जब शनिबार आउँछ उनी यी सब काम छाडेर आफ्नो परिवारसँग रमाउँछन् । 

गोल्यानको घरमा अनौठो किसिमको ‘रुल’ छ । शनिबार परिवारका कुनै पनि सदस्यले अत्यावश्यकबाहेक फोन उठाउन, गर्न, चलाउन पाइँदैन् । यदि कसैले फोन चलाए, उठाए वा गरे त्यो सदस्यलाई जरिवाना लाग्छ । त्यही भएर शनिबार परिवारका कुनै पनि सदस्यले फोनमा इन्जोए गर्न पाउँदैनन् ।

हप्तामा ६ दिन उनको कसलाई भेट्ने, के विषयमा कुरा गर्ने ?, कुन कृषि क्षेत्रको विकासमा कसरी अघि बढ्ने ? र कुन युवा वा युवतीले ल्याएको प्रस्ताव कस्तो छ ? त्यमाथि आफूले थप के गर्न सकिन्छ भन्ने विषयमा छलफल र सोच्दा सोच्दै भन्दैमा बित्छ ।  जब शनिबार आउँछ उनी यी सब काम छाडेर आफ्नो परिवारसँग रमाउँछन् । 

शनिबार परिवारका सदस्य बसेर विभिन्न गेमहरु खेल्ने गर्छन् । गेम खेलिरहेको बेला फोन आउँदा सम्पूर्ण सदस्यलाई त्यसले डिस्र्टभ गर्ने भएकाले त्यस्तो नियम बनाइएको हो । सामूहिक रुपमा गेम खेलिरहँदा कुनै सदस्यको फोन आयो भने त्यसले सबैलाई असर पुर्याउँछ भनेर गोल्यान आफैले त्यस्तो नियम बनाएका हुन् । यतिसम्म नियम बनाइएको थियो, यदि आपतकालीन फोन आयो भने परिवारका सदस्यले अनुमति दिएपछि मात्रै फोन उठाउन पाइन्छ । गोल्यान भन्छन् ‘शनिबार परिवारसँग क्वालिटी टाइम खर्च गर्नका लागि यस्तो नियम बनाइएको हो ।  

गोल्यान भन्छन्, ‘बरु म आफैले घरको रुल धेरै पटक उल्ङ्घन गरेको छु ।’ कहिलेकाँही शनिबार नै नगरी नहुने मिटिङ वा फोन हुन्छ । यस्तो बेलामा गर्नैपर्छ । परिवारका सदस्यहरुले मलाई जरिवाना पनि गरेका छन् । 

एउटा व्यक्तिलाई सबै कुराको आवश्यकता हुन्छ । आफ्नो परिवारलाई पनि समय दिनुपर्ने आवश्यकता छ, समाजको आवश्यकता छ, साथीहरुको आवश्यकता छ । यी सबैलाई मिलाएर लैजानुपर्छ भन्ने सोचाइ राख्छन् गोल्यान । 

गोल्यान परिवार विराटनगर बस्दा हरेक शनिबार पिकनिक, टे«किङ जान्थे । धरान, धनकुटा, इलाम, दार्जिलिङ, सिक्किमलगायतका ठाउँमा पनि घुम्न जाने गर्ने उनी सुनाउँछन । ‘जब हामी काठमाडौं आयौं, यहाँका साथीभाइहरु घरभित्र बस्ने र त्यही रमाइलो गर्ने भएपछि त्यो सम्भव भएन,’ गोल्यान भन्छन्, ‘सुरुका केही वर्ष बनभोज लैजाने निकै प्रयास गरें, त्यो दीगो हुन सकेन ।’ 

जब उनी कृषि क्षेत्रको अभियानमा लागे, त्यो बेलादेखि परिवारका सदस्यले बनाएको ‘रुल’ बढी उल्ङ्घन भयो । ‘गोल्यान ग्रुपअन्तर्गतका व्यवसाय हुँदा यसरी नियम उल्ङ्घन हुँदैन्थ्यो,’ उनी भन्छन्, ‘तर, कृषि क्षेत्रमा लागेपछि कहिले कसलाई भेट्नुपर्ने, कहिले कहाँ जानुपर्ने भएकाले म सबैभन्दा बढी नियम नमान्नेमा परेको छु ।’ 

देशमा नयाँ नयाँ युवा उद्यमी जन्माउने उद्देश्य लिएर हिंड्दा कहिलेकाँही चाहेर पनि परिवारका सदस्यलाई समय दिन नसकिने रहेछ । हिजोको भन्दा आजको दायरा अलि फराकिलो भएको छ । ‘जति दायरा फराकिलो भयो, त्यति परिवारलाई कम सयम दिन सकिने रहेछ,’ उनी भन्छन्, ‘तर, शनिबार सकेसम्म म घरमै बस्ने र परिवारसँग रमाउने गर्छु ।’ हप्तामा ६ दिन आफ्नो काममा व्यस्त भए पनि एक दिन परिवारका सबै सदस्यसँग बिताउँदा त्यसको छुट्टै आनन्द आउँछ । परिवारका सदस्यको चाहना पनि त्यही हुन्छ । 

देशमा नयाँ नयाँ युवा उद्यमी जन्माउने उद्देश्य लिएर हिंड्दा कहिलेकाँही चाहेर पनि परिवारका सदस्यलाई समय दिन नसकिने रहेछ । हिजोको भन्दा आजको दायरा अलि फराकिलो भएको छ । ‘जति दायरा फराकिलो भयो, त्यति परिवारलाई कम सयम दिन सकिने रहेछ,’ उनी भन्छन्, ‘तर, शनिबार सकेसम्म म घरमै बस्ने र परिवारसँग रमाउने गर्छु ।’

जबसम्म गोल्यान कृषिमा लागेका थिएनन्, तबसम्म शनिबार परिवारका लागि थियो । खासगरी शनिबार ढिलासम्म सुत्ने, ब्रञ्ज लिने, परिवारका सबै सदस्यहरु मिलेर फ्ल्मि हेर्न जाने,साथीहरुकोमा गएर रमाइलो गर्ने गरिन्थ्यो । तर, जबदेखि गोल्यानको यात्रा कृषितिर मोडियो, तबदेखि उनीको आधाजस्तो शनिबार किसानलाई दिन थालेका छन् । अझै पनि शनिबारको आधा दिन गोल्यानले परिवारलाई नै दिने गरेका छन् । 

अहिले गोल्यानको सोच आफ्ना लागि केही गरौं भन्दा पनि देशका लागि केही गरौं भन्ने छ । त्यही सोचबाट अघि बढेका कारण व्यवसायबाट रिटायर्ड भए पनि उनको उनको व्यवस्ता बढेको हो । गोल्यान अहिले आफ्नो अनुहारमा भएको हासो अरुलाई बाँड्न भन्दा पनि अरुको मुहारमा हासो ल्याउन लागिपरेका छन् । त्यही भएर उनको आधा शनिबार पनि अरुले नै खोसेका छन् ।  

 

सुजन ओली

क्यापिटल नेपालका संवाददाता हुन् । 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top