मङ्गलबार, कात्तिक २ २०७८ ०५:५३ AM

×

सुन्दर यातायातका बिजुली बसमा डिजिटल कार्डमार्फत भाडा तिर्न सकिने

images

काठमाडौं । सुन्दर यातायात प्रालिले कोरोना भाइरसको संक्रमण बढेसँगै बिजुली बसको भाडा डिजिटल कार्डमार्फत भुक्तानी गर्ने सेवा सुरु गरेको छ । बस चढ्ने यात्रुले नगद पैसा भन्दा कार्डमार्फत नै भाडा तिर्न मिल्ने गरी डिजिटल पेमेन्ट सिस्टम आइतबारबाट लागू गरिएको अध्यक्ष भेषबहादुर थापाले बताए । कोरोना महामारीका बेला विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सुन्दरले पनि सार्वजनिक यातायातमार्फत कार्डबाट भाडा लिने व्यवस्था गरेको हो ।

कोरोनाको संक्रमणबाट जोगिन सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सेवा प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा हुनसक्ने सम्पर्क न्यून गर्न कार्डबाट भुक्तानी प्रणाली उपयोगी हुने देखिएको छ । साझा यातायातले यसअघि नै कार्डबाट भाडा लिन सुरु गरिसकेको छ ।
त्यस्तै एनएमबी बैङ्कले किपु बस सेवासँग सहकार्य गरी विद्युतीय भुक्तानीको प्रबन्ध मिलाउने सम्झौता गरिसकेको छ । 

सुन्दरले मेसिन जडान गरी पेमेन्ट कार्ड लिएर गाडीमा रहेको मेसिनमा पठाएपछि कार्डमा रहेको पैसाबाट गाडी भाडा तिर्न सकिन्छ । सुन्दरले ईसेवा र ईढेवामार्फत सहकार्य गरी डिजिटल भुक्तानी सेवा सुरु गरेको हो ।

साझा र दुवै  डिजिटल सेवा प्रदायकसँग आइतबार नै सेवा सञ्चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

आइतबार​ ३२ साउन २०७७ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया