मंगलबारबाटै अन्तर्राष्ट्रिय उडान हुने (सूचीसहित) 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ८, साेमबार,०५:१३:PM  
मंगलबारबाटै अन्तर्राष्ट्रिय उडान हुने (सूचीसहित) 

काठमाडौं । अन्तर्राष्ट्रिय उडान सुरु गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  उद्धार उडानको तालिका सार्वजनिक गरेको छ । भदौ ९ गते मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । 

मन्त्रालयले दैनिक ५०० जना नेपालीहरुलाई मात्र उद्धार गर्ने तालिका सार्वजनिक गरेको हो । नयाँ समायोजित तालिका अनुसार भदौ ९ गते साउदी अरेवियाबाट एअर अरेवियाले उडान गर्ने छ ।

यस्तै १० गते आवुधावीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । ११ गते नेपाल एयरलाइन्सले रियादबाट, दम्मामबाट हिमालयन एयरलायन्स र इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्ने छन । टर्किस र कतार एयरलाइन्सले एक पटकमा १०० जना भन्दा बढी यात्रुहरु ल्याउन नपाउने भएका छन ।

यसअघि ती एयरलाइन्सहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड मिचेर जहाज भरी यात्रुहरु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी १०० भन्दा बढी यात्रु नल्याउन निर्देशन समेत जारी गरेको छ ।

यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट,हिमालयले पनि क्लालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्ने छ । १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियाबाट कोरियन एयरले उडान गर्ने निश्चित भएको छ ।

१४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्लालाम्पुरबाट एकसाथ उडान गर्ने छन् । १५ गते नेपालले दुबई र हिमालयनले आबुधावीबाट उडान गर्ने छ । योसँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उद्धार उडानका लागि यात्रुहरुले  पीसीआर रिपोर्ट ल्याउनु पर्ने, पीसीआर टेष्ट गरेको र नगरेकाहरुलाई एकैठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले ७ दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top