टिकटक जस्तै यूट्युबले पनि ल्याउँदै भिडियो सेयरिङ् एप

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०५:१७:PM  
टिकटक जस्तै यूट्युबले पनि ल्याउँदै भिडियो सेयरिङ् एप

काठमाडौं । भारतलाई लक्षित गर्दै गुगलले १५ सेकेन्डको छोटो भिडियो सेयरिङ एपको ल्याउने भएको छ । भारत सरकारले गत महिना चिनियाँ एप टिकटकलाई प्रतिवन्ध लगाएतको थियो । हाल यूट्युब शर्ट्स नामक एप्लिकेशनको बिटा भर्जन सार्वजनिक भइसकेको छ । 

गत केहि महिना अगाडी इन्स्टाग्रामले यस्तै रील्स नामक एप्लिकेशन अमेरिकामा सार्वजनिक गरेर भारतमा समेत विस्तार गरेको थियो ।त्यस्तै चिनियाँ मोबाइल उत्पादक कम्पनी ओप्पोलेपनि छाटो भिडियो एप सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । 

भारत सहित अमेरिकामापनि लोकप्रिय भिडियो शेयरिङ् एप प्रतिबन्धको समस्या झेलिरहेको टिकटकको बिकल्पामा विभिन्न कम्पनीले यस्तो एपहरु सार्वजनिक गर्ने क्रम बढेको छ । त्यसैकारणपनि गूगलले भारत र अमेरिकाजस्ता ठूला बजार हिस्सा बनाउन एप्लिकेशन सार्वजनिक हुन लागेको हुन् । गूगलले यूट्युब शर्ट्सको घोषणा कार्यक्रममा नयाँ क्यामरा तथा केही इडिटिङ टूलहरु पनि छिट्टै आउने बताएको छ । 

यूट्युबको ब्लगमा प्रडक्ट म्यानेजमेन्टतर्फका उप प्रमुख क्रिश ज्याफले यूट्युब शर्ट्स छिट्टै नै आईओएस तथा अन्य मुलुकहरुमा पनि उपलब्ध हुने उल्लेख गरेका छन्। त्यस बाहेक शर्ट भिडियो बनाउने क्रममा आवश्यक अरु फिचरहरु थपिने पनि उनको ब्लगमा उल्लेख छ । एजेन्सी
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top