शिवम् सिमेन्टले सेयरधनीलाई २४.२१ रुपैयाँ नगद लाभांश दिने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २९, बिहीबार,१०:३१:AM  
शिवम् सिमेन्टले सेयरधनीलाई २४.२१ रुपैयाँ नगद लाभांश दिने 

काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई २४ रुपैयाँ २१ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट १ अर्ब ६ करोड ५२ लाख रुपैयाँ लाभांश बाँड्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको बुधबार बसेको ८० औं सञ्चालक समिति बैठकले प्रस्तावित लाभांश पारितका लागि साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । 

यो पनि पढ्नुस 
शिवम् सिमेन्ट बन्यो ऋणमुक्त, सेयरधनीले पाउने लाभांश बढ्ने 

गत आर्थिक वर्षमा  शिवमले १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा  गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४५ करोड ६२ लाख रुपैयाँ कम हो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top