शिवम् सिमेन्टको साधारणसभा कात्तिक २४ मा, बुक क्लोज १३ गते 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,०९:३५:AM  
शिवम् सिमेन्टको साधारणसभा कात्तिक २४ मा, बुक क्लोज १३ गते 

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडल नगद लाभांश पारित गर्न आउँदो कात्तिक २४ गते ५ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा बिहान ११ बजे सुरु हुनेछ ।

जुममार्फत साधारणसभामा सहभागी हुन सकिने उद्योगले सेयरधनीलाई जानकारी गराएको छ  । कम्पनीले २४.२१ प्रतिशत नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा लैजाँदैछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट समेत हुनेगरी सो रकम लाभांश वितरण गर्न लागेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गर्दैछ । कात्तिक १२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन् । 
 
 कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले करसहित २४.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उद्योगले या वर्ष १ अर्ब ६ करोड ५२ लाख ४० हजार नगद लाभांश सेयरधनीलाई वितरण गर्नेछ ।  गत वर्ष कम्पनीले १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top