प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको सेयर बिक्री खुला गर्यो, न्यूनतम् मूल्य १९७५ रुपैयाँ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,११:४९:AM  
प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको सेयर बिक्री खुला गर्यो, न्यूनतम् मूल्य १९७५ रुपैयाँ

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषकोे संस्थापक सेयर आज शुक्रबारदेखि बिक्री खुला गरेको छ ।

कम्पनीले कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयरको न्यूनतम १ हजार ९७५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ ।

कात्तिक १४ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

सेयरको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र प्रिमियरको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top