कोरोना संक्रमण देखिएपछि भक्तपुरको यातायात कार्यालय बन्द

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २५, मङ्गलबार,०४:२९:PM  
कोरोना संक्रमण देखिएपछि भक्तपुरको यातायात कार्यालय बन्द

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भक्तपुरको यातायात व्यवस्था सेवा कार्यालय बन्द भएको छ।

कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरुलाई संक्रमण देखिएपछि आइतबारदेखि सेवा बन्द गर्नु परेको कार्यालयले जानकारी दिएकाे छ।

कार्यालयले अर्को सूचना नआएसम्म सेवा बन्द रहने सूचना जारी गरेको छ। भक्तपुरको कार्यालय बन्द रहे पनि उपत्यकाका अन्य कार्यालय भने खुल्ला रहनेछ।

यसअघि पनि उपत्यकाका ठूलो भर्याङ, सतुङ्गललगायत कार्यालयका कर्मचारीहरुलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको थियो।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top