अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति, ३० मिनेटमै रिपोर्ट आउने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ३, बुधबार,०४:०९:PM  
अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति, ३० मिनेटमै रिपोर्ट आउने 

वासिङ्टन, एजेन्सी । अमेरिकामा कोरोना भाइरसको तीब्र परीक्षणका लागि  सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । 

आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ । 

अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधी सम्बन्धी कार्यालयले यसलाई कोरोना भाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ ।    

अहिले प्रारम्भिक चरणमा यो विधिलाई सीमित ठाउँमा र सिमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरुले जनाएका छन् ।  प्रयोगका लागि अनुमति दिइएको औषधी क्यालिफोर्नियाको औषधी उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । 

विरामी आफैंले नाकबाट स्वाव परीक्षण गर्न मिल्ने र औषधी प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । 

अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनु पर्दछ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top