जर्मनीमा कोरोनाको दोस्रो वेभ, ८ लाख ३३ हजार संक्रमित, १३ हजारको मृत्यु 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ३, बुधबार,०८:३०:PM  
जर्मनीमा कोरोनाको दोस्रो वेभ, ८ लाख ३३ हजार संक्रमित, १३ हजारको मृत्यु 

एजेन्सी । जर्मनीमा कोभिड-१९ का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ । त्यहाँ गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको छ । कोरोना भाइरस संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ ।

जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाकोे ज्यान गएको बताएका छन् ।जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ ।

जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ । तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top