सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ५, शुक्रबार,०५:४२:PM  
सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

काठमाडौं । सेन्चुरी कर्मसियल बैंकले आफ्ना ग्राहकका लागि अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । कोरोना भाइरस(कोभिड–१९) कारणले गर्दा बैंकका सेवाग्राहीलाई पर्न जाने अप्ठ्यारोलाई सहज गर्न बैंकले डिजिटल बैंकिङलाई प्रभावकारी बनाउने भएको हो ।

त्यसअनुसार नै बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट गरी दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरm गरेको हो । अब ग्राहकहरूले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरूमा बैंकले वार्षिक ५.५०% को दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्न सक्नेछन् । 

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरू डिजिटल्ली खुल्ने र ग्राहकहरू बैंकमा उपस्थित हुन नपर्ने हुँदा उक्त बचत खाताहरूमा प्रबर्धनको नम्ति बढी ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फता वालेट कारोबार गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकवर्गहरूले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार रुपैयाँ बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरी बैंकले यो खाता संचालनमा ल्याएको हो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top