नेपाल लाइफ इन्स्योरेन्सले नबिल बैंकलाई पार्यो पछि, बजार पुँजीकरणको तेस्रो स्थानमा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ६, शनिबार,१२:१२:PM  
नेपाल लाइफ इन्स्योरेन्सले नबिल बैंकलाई पार्यो पछि, बजार पुँजीकरणको तेस्रो स्थानमा

काठमाडौं । सेयर मूल्य बढेपछि यो साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बजार पुँजीकरणको तेस्रो स्थानमा पुगेको छ । नबिल बैंकलाई पछि पार्दे नेपाल लाइफ बजार पुँजीकरणको तेस्रो स्थानमा पुगेको हो ।

नबिल बजार पुँजीकरणको चौथो स्थानमा छ । नेपाल लाइफको बजार पुँजीकरण बढेर ९१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकको ९१ अर्ब २७ करोड रुपैयाँ छ । 

नेपाल लाइफको सेयर मूल्य बढेर १ हजार ६७२ रुपैयाँ पुगेको छ । यस्तै नबिलको ९०५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बजार पुँजीकरको पहिलो स्थानमा नेपाल टेलिकम र दोस्रो स्थानमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड छन् । 

पाँचौ स्थानमा सरकार स्वामित्वको नागरिक लगानी कोष, छैठौं स्थानमा एनआईसी एसिया बैंक, सातौमा एनएमबी बैंक, आठौंमा नेपाल इन्भेस्टमेन्ट बैंक, नवौंमा ग्लोबल आइएमई बैंक र १० औं स्थानमा हिमालयन बैंक रहेको नेप्सेले जनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top