प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार लालटिन बालेर प्रदर्शन गरेका छन्।
माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियुले बुधबार दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका थिए। साे कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्।
प्रधानमन्त्रीको कदम सच्चिनुपर्ने भन्दै अनेरास्ववियुले आन्दोलन नै घोषणा गरेको छ।
संविधानमा संसद विघटनको धारा खोइ ?’ उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।
उनीहरूले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने पनि बताएका छन्।
थप
expand_moreकम
expand_less