त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा तिवारी नियुक्त

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २४, शुक्रबार,०५:१३:PM  
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा तिवारी नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा प्रतावबाबु तिवारी नियुक्त गरेको छ । 

तत्कालीन महाप्रवन्धक देवेन्द्र केशी उमेरहदको कारण सेवाबाट बिदा भएसँगै रिक्त पदमा तिवारीलाई नियुक्त गरिएको हो ।

प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले तिवारीलाई शुक्रबारबाट महाप्रवन्धकको जिम्मेवारी दिइएको जानकारी दिए । यसअघि तिवारी विमानस्थलको प्रवक्ता भएर काम गरिसकेका व्यक्ति हुन् । 

१२ औं तहका कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा नियुक्त गर्ने गरिन्छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top