सीजीकाे एसी किन्‍नेलाई निःशुल्क जडान सुविधा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २८, मङ्गलबार,०१:००:PM  
सीजीकाे एसी किन्‍नेलाई निःशुल्क जडान सुविधा

काठमाडौं । सीजीले अबदेखि सीजीका कुनै पनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाइप एसी तथा अनअफ वाल माउन्ट स्प्लिट टाइप एसीहरुको खरिदमा निःशुल्क जडान सुविधा दिने भएको छ । 

अब ग्राहकले जडान गर्दा लाग्ने २ हजार ५ सय रुपैयाँ बराबरको खर्च जोगाउन सक्ने कम्पनीले जनाएकाे छ । यी एसीहरु जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न सकिनेछ । 

जाडोयाममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत हुने यी एसीहरुको विशेष उद्देश्य छ । साथै यी एसीहरुमा ५ वर्षको वारेन्टी छ ।  काठमाडौं क्षेत्रभित्रमा २४ घण्टाभित्र नै जडान गरिदिने व्यवस्था पनि छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top