काठमाडौं । सेयर बजारले दिनँहु नयाँ रेकर्ड कायम राखेको छ । बुधबार बजार २३०० अंक नजिक पुगेर फर्किएको छ । बजार २२९६ अंकमा पुगेकोमा पछि घटेर २२८६.५४ अंकमा सीमित भएको छ ।
बुधबार बजार १८.८१ अंक बढेको छ । कुल ५ अर्ब ८८ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ ।
बुधबार १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेटको सेयर १० प्रतिशत बढेर ३४१ रुपैयाँ पुगेको छ ।
यस्तै आरम्भ चौतारी लघुवित्त, फस्र्ट माइक्रो डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्सको ९ प्रतिशतभन्दा बढी छ । यस्तै समृद्धि फाइनान्स लिमिटेड, एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि बढेको छ ।
बुधबार बैंकिङ र होटल परिसूचक घटेको छ । व्यापार जलविद्युत, उत्पादनमूलक, लघुवित्त, म्युचुअल फण्ड र बिमा परिसूचक बढेका छन् । बुधबार उत्पादनमूलकको सबैभन्दा बढी २४२ अंकले बढेको छ ।
सबैभन्दा बढी सेयर कारोबार नेपाल टेलिकमको छ । टेलिकमको १२६३ मा २६ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको १५५१ मा २० करोड ७२ लाख र अपर तामाकोसीको ४९५ मा १८ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।