मूल्य बढेकोमा गृहिणी चिन्तित, राष्ट्र बैंक भन्छ ‘मूल्य घटिरहेको छ’ 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०४:४९:PM  
मूल्य बढेकोमा गृहिणी चिन्तित, राष्ट्र बैंक भन्छ ‘मूल्य घटिरहेको छ’ 

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भनेर आम नागरिकले चासो र चिन्ता देखाइरहेका बेला केन्द्रीय बैंकले त्यस्ता वस्तुको मूल्य घटेको तथ्यांक प्रकाशित गरेको छ ।

केन्द्रीय बैंकले बुधबार प्रकाशित गरेको तथ्यांकअनुसार मंसिरमा वार्षिक विन्दुगत मूल्यवृद्धि २.९३ प्रतिशत झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मूल्यवृद्धि ६.५५ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.२३ प्रतिशतमा कायम रहेको देखाएको छ । तर, बजार भाउ त्योभन्दा धेरैले बढेको देखिएको छ । खासगरी दैनिक उपभोग्य वस्तुको भाउ केही महिना यता अचाक्ली बढेको उपभोक्ताकर्मीहरुले बताएका छन् । केन्द्रीय बैंकको रिपोर्ट हेर्ने हो भने त्यो गतिमा मूल्य वृद्धि नभएको देखिएको हो । 

राष्ट्र बैंकले निकालेको मूल्यवृद्धिको तथ्यांकले बजार भाउलाई भने गिज्याइरहेको कतिपयको बुझाइ छ । केन्द्रीय बैंककाे मूल्य वृद्धि गणाना गर्ने विधि फरक हुँदा वस्तु तथा सेवाको मूल्य जतिसुकै बढेपनि तथ्यांकले महसुल गर्न नसकेको उनीहरुको बुझाइ छ । 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top