काठमाडौं । संसद विघटनविरुद्ध दाहाल–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकाले पछि काठमाडौंका ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ताले जुलुस निकालेपछि सार्वजनिक यातायातका साधनहरु आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् ।
जुलुस निस्केपछि ट्राफिक प्रहरीले यातायात सवारी साधन र सरकारी कर्मचारीका गाडीहरु पनि रोकेका छन् । ट्राफिक प्रहरीले जुलुसलाई मर्यादित बनाउन गन्तव्यमा पुग्नुपर्ने सवारी साधनलाई रुट परिवर्तन गरेर अन्यत्र पठाएका थिए ।
विरोध सभाका कारण यात्रा गर्ने यात्रु तथा पैदलयात्रु समेतले लामो ट्राफिक जामको मार खेपेका थिए । पाटन जानुपर्ने मान्छेहरुलाई चाबहिलमा लगेर ओरालिएको थियो । त्यस्तै, रत्नपार्क आउनुपर्ने सवारीलाई महाराजगन्ज फर्काइएको थियो । यसले गर्दा दैनिक काममा जानुपर्ने व्यक्ति, बिरामी, विद्यार्थी, लगायत सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो ।
थप
expand_moreकम
expand_less