काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका ६० जना पक्राउ परेका छन् । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत काठमाडौंबाट ६० जना नेता तथा कार्यकर्ता पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।
सिंहका अनुसार सामाखुसीमा आन्दोलनकारीले एउटा ट्याक्सी जलाएका छन् । संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।
आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो ।
थप
expand_moreकम
expand_less