सौर्य सिमेन्ट उद्योग सञ्चालनमा, १५ अर्ब लगानी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ५, बुधबार,११:११:AM  
सौर्य सिमेन्ट उद्योग सञ्चालनमा, १५ अर्ब लगानी

काठमाडौं । नेपालका प्रतिष्ठित व्यावसायिक घरानाको लगानीमा सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको हाे । १५ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो । 

निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको  संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गतेदेखि क्लिङ्कर उत्पादन गरिरहेको शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।

क्लिङ्कर उत्पादन सुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उनले बताए । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने जनाइएको छ ।

सो उद्योगबाट ओपिसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ ।

उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुङ्गा आउनेबित्तिकै त्यसको नमुना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ । सिरहाकै गोलबजार नगरपालिकाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top