आईपीओ निष्कासनकाे तयारीमा रहेकाे सर्वोत्तम सिमेन्टले गर्यो रेटिङ, ६० लाख कित्ता ल्याउने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ६, बिहीबार,०५:३३:PM  
आईपीओ निष्कासनकाे तयारीमा रहेकाे सर्वोत्तम सिमेन्टले गर्यो रेटिङ, ६० लाख कित्ता ल्याउने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ ।

इक्रा नेपाल लिमिटेडले सर्वोत्तमलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । सर्वोत्तमको माघ ६ गते सम्पन्न साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको छ । यसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासिन्दा, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो । यस्तै शिवम सिमेन्ट लिमिटेडले पनि प्रिमिय मूल्यमा आईपीओ निष्कासन गरेको थियो ।  
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top