काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तीनजना उपकार्यकारी निर्देशकहरुको सरुवा भएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालको सरुवा भएको छ ।
उनको सरुवा इन्जिनियरिङ सेवा निर्देशनालयमा भएको छ । यता, आयोजना व्यवस्थापन निर्देशनालयमा एनईएन इन्जिनियरिङबाट रामजीभण्डारीलाई ल्याइएको छ । त्यस्तै, इन्जिनियरिङ सेवा निर्देशनालयबाट रविन्द्र चौधरीलाई पनि सरुवा गरिएको छ । उनलाई योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयमा तानिएको छ ।
थप
expand_moreकम
expand_less