लक्ष्मी बैंकको अगुवाइमा माथिल्लो पिलुवा खोलामा ६५ करोड लगानी, १ वर्षमा बिजुली बल्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार,१२:३२:PM  
लक्ष्मी बैंकको अगुवाइमा माथिल्लो पिलुवा खोलामा ६५ करोड लगानी, १ वर्षमा बिजुली बल्ने 

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले निर्माण गर्न लागेको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा २ वटा बैंकले ऋण लगानी गर्ने भएका छन ।

लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रेले आयोजना सहवित्तीयरकण अन्तर्गत ६५ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका हुन । आयोजनामा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन । 

संखुवासभा जिल्लामा रहेको आयोजनाको जडित क्षमता४.९५ मेगावाट रहेको छ । आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ रहेको छ । ‍बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्वपुँजी लगानी रहनेछ ।

माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच गएको श्रावण ९ गते विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो । यस्तै कम्पनीले साउन ९ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमति (लाइसेन्स) प्राप्त गरेको हो ।

२ करोड ८४ लाख १७ हजार युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।  आयोजना सन २०२२ को फेब्रुअरमा सम्पन्न हुने लक्ष्य छ । ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top