मेगा बैंकको पोखराका व्यावसायिक पसलमा क्युआर कोड सेवा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २४, मङ्गलबार,०४:०५:PM  
मेगा बैंकको पोखराका व्यावसायिक पसलमा क्युआर कोड सेवा

काठमाडौं । मेगा बैंकले पोखराका व्यावसायिक पसलहरुमा क्युआर कोड वितरण गरेको छ। यससँगै  क्युआर कोडबाट भुक्तानी सेवाको सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजार,  लामाचौर, हेम्जाका विभिन्न स्थानका पसलबाट सामान किनेर यो सेवाको सुरु गरेकी हुन्।  

याेसँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सामान किनेको रकम सजिलै क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन्।

साे नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने राष्ट्र बैंकको नीतिबमोजिम मेगा बैंकले क्युआर कोड सेवालाई तीव्रता दिइरहेको बतायो।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top