४ करोडको लागतमा सर्वोत्तम सिमेन्टले नवलपरासीमा अस्पताल बनाउने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,०५:३२:PM  
४ करोडको लागतमा सर्वोत्तम सिमेन्टले नवलपरासीमा अस्पताल बनाउने 

काठमाडौं । सर्वोत्तम सिमेन्टले नवलपरासीको उद्योग रहेको क्षेत्रमा करिब ४ करोडको लागतमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने भएको छ । 

कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई अस्पताल निर्माणको प्रतिवद्धता–पत्र प्रदान गरेका हुन् । 

यस्तै कम्पनीका अध्यक्ष न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भैरहवामा अत्याधुनिक कक्षसहितको २५ बेड, ३ वटा आईसीयू र २ भेन्टिलेटरको सुविधा आकस्मिक कक्ष बनेको छ । सोही अवसरमा उक्त आकस्मिक कक्षको समेत उद्घाटन गरिएकाे छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top