×

विचार

images

आशलाग्दा पर्यटनमन्त्री भट्टराईको उल्टो यात्रा, हरेक काम विवादमा 

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अहिले पनि काठमाडौंका जनताले बारम्बार सम्झिरहेका छन् –कारण उनले काठमाडौंका भित्र सडकलाई चौडा गरिदिए । आफ्नो निर्णयबाट पछि नहटेकै कारण आज देशलाई राम्रो भएको छ । मन्त्री योगेशले पनि त्यस्तै काम गर्न सक्नुपर्छ ।  जाे देश र जनताले सधैँ सम्झिरहुन् ।

images

भारतको आर्थिक वृद्धि घट्दा नेपालमा किन रुवावासी ? आफनै देशको चिन्ता गरौं : अर्थमन्त्री

सोमबार २३ भदौ २०७६ ११:४० AM

आर्थिक वृद्धि भएन भने रोजगारी, राजश्व, राज्यले दिने समाजिक सुरक्षा र पत्रकारले पाउने पारिश्रमिक तथा स्वरोजगार मिडियाले पाउने विज्ञापन पनि प्रत्यक्ष असर पर्छ । आज देशमा त्यही आर्थिक वृद्धि सकारात्मक भइरहेको छ । ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको छ । सरकारले बढी बोल्यो भन्ने हो भने विश्व बैङ्कको प्रतिवेदनमा पनि त्यहि कुरा लेखिएको छ । 

images

समस्याग्रस्त जलविद्युत् आयोजनालाई ब्याजदर कम र ‘रिफाइनान्सिङ’को व्यवस्था हुनुपर्छ, इपानका उपाध्यक्षकाे विचार 

आइतबार​ २२ भदौ २०७६ ०१:३८ PM

विद्युत् प्राधिकरणले हाइड्रोलोजी, पीपीए दरमा देखिएको समस्या मात्र सम्बोधन गरे समस्याग्रस्त भएका आधा आयोजना मुक्त हुन्छन् । यो कुरा सरकारले गरिदिनु पर्यो । सरकारले सम्झौताअनुसार दिने भनेको प्रति मेगावाट ५० लाख रुपैयाँ सहुलियत दिनुपर्छ ।

images

स्प्रेडदरको सूत्रमा पुनरावलोकन हुनैपर्छ, नत्र वित्तीय स्थायित्व संकटमा

मङ्गलबार २८ साउन २०७६ ०९:११ PM

सरकारको वित्तीय रणनीतिपत्रमा स्प्रेडदरलाई घटाएर ४.२५ प्रतिशतमा ल्याउने भनिएको छ । यो नीति परिवर्तन गर्न नसक्ने रामायण र महाभारत हो र ? संविधान त दर्ता भएको तीन दिनमा परिवर्तन गर्न सक्छौँ भने सरकारले ल्याएको वित्तीय क्षेत्र रणनीतिपत्रलाई किन नगर्ने ?  अटल ‘डकुमेन्ट’ हैन त्यो ।

images

उद्योगीका व्यथा ज्यूका त्यूँ, मौद्रिक नीतिले पनि राहत दिएन : एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको विचार

बिहीबार १६ साउन २०७६ ०४:२५ PM

अहिले हाम्रो मुख्य चुनौती भनेको चर्को ब्याजदर हुनु तथा ऋण नपाउनु नै हो । त्यसैले पहिलाका चुनौती र अहिलेका चुनौतीको स्वरुप फरक भएको छ । 

images

मर्जर किन, कसका लागि

सोमबार १३ साउन २०७६ ०४:३० PM

यदि सञ्चालक समितिको विवाद सतहमा आए पन्तले बैङ्क छाड्ने स्थिति बन्छ । विगतमा बीओकेमा लुम्बिनी नगाभिएको भए अहिले बीओकेका अस्तित्व अप्ठ्यारोमा परिसकेको हुन्थ्यो । पन्तले छाडेको स्थितिमा प्रकाश श्रेष्ठसँग सीईओ खोज्ने ताकत छैन ।

images

बैङ्कहरु मर्जरमा गएपछि पनि सेयर कारोबार खुला हुनुपर्छ

आइतबार​ १२ साउन २०७६ ०१:३४ PM

मिडियम र लङटर्म भ्यालु इन्भेस्टमेन्टस विथ कम्पाउन्डिङ रिटर्नस गर्नेलाई मर्जर धेरै राम्रो हो । ऐच्छिकको व्यवस्था भए पनि धेरै बैङ्क मर्जरमा जान्छन् । विशेषगरी साना र कमजोर बैङ्क मर्जरमा जानुपर्ने अवस्था आएको छ ।

images

बैङ्कको सङ्ख्या ह्वातै घटे कार्टेलिङ हुन्छः डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीकाे बिचार

बिहीबार ९ साउन २०७६ ०८:१९ AM

बैङ्कको सङ्ख्या साह्रै थोरै भयो भने पनि त्यहाँ नयाँ परिस्थितिको सिर्जना हुन्छ । बैङ्कहरु मिलेर कार्टेलिङ सुरु गर्न सक्छन । बजारमा मनोपोलि सिर्जना गरेर अप्ठयारो स्थिति ल्याउन सक्छन् । त्यस्तो नहोस्, भनेर हामीले बैङ्कको सङ्ख्या केही कम गर्न मात्रै खोजेको हो । 

images

निजी क्षेत्र, बजेट र मौद्रिक नीति

सोमबार ६ साउन २०७६ ०६:५४ PM

लगानी वातावरणलाई थप सहज बनाउन र औद्योगिक क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) ०.५ प्रतिशत बिन्दुले घटाएर ४ प्रतिशतमा सीमित गरिनु जरुरी छ ।