काठमाडौं । निजी उद्योगले पनि आफूलाई रुग्ण घोषणा गर्न पाउने भएका छन । सरकारल हालै गठन गरेको रुग्ण उद्योग अध्ययन तथा प्रतिवेदन समितिले रुग्ण घोषणा गर्न चाहाने औद्योगिक प्रतिष्ठानलाई आवेदन दिन भनेको छ ।
समितिले बिहीबार सार्वजनिक सूचना जारी गरी व्यवसायिक उत्पादन तथा कारोबार सञ्चालन गरेको मितिदेखि निरन्तर ५ वर्षसम्म चलेकाले रुग्ण उद्योगको रुपमा पहिचान गर्न पाइने समिति सचिवालयलका अधिकृत सन्तोष भट्टले बताए ।
उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तरगतका उद्योग प्रतिष्ठान तथा निजीको हकमा संघीय सरकारको क्षेत्राधिकारभित्र पर्नेले उद्योगहरुले चाहेमा १५ दिनभित्र निवेदन दिन समितिले अनुरोध गरेको उनले जानकारी दिए ।
समितिको पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वमा वित्त विज्ञ कृष्णप्रसाद आचार्य, बैंकिङ विज्ञ गोपालप्रसाद भट्ट, उद्योग वाणिज्य विज्ञ जीवराज कोइराला र कर विज्ञ राममणि दुवाडी छन ।
समितिले उद्योगको भौतिक, वित्तीय, प्राविधिक र व्यवस्थापकीय पक्षको अध्ययनका साथै सम्पत्ति दायित्व तथा मूल्याँकन (डीडीए) गरेर रुग्ण उद्योगको पहिचान गर्ने छ ।
रुग्ण उद्योगको अवस्थाको पहिचान गरी सोको कारण र प्रकृतिका उद्योगको पुनरुत्थान, सुध्रिढीकरण, सञ्चालन र अपनाउनु पर्ने मोडालिटी तयार पार्ने जिम्मेवारी समितिले पाएको छ ।
उद्योगको पहिचान गरेर सरकारले दिनुपर्ने सुविधाको सिफारिस गर्ने, रुग्ण उद्योगले पाउने छुट तथा सुविधाको सिफारिस गर्ने जिम्मा समितिको छ । त्यसपछि सरकारले आवश्यकता हेरेर पुनरुत्थानको प्रक्रिया अघि बढाउने समितिले जनाएको छ ।

