काठमाडौं । वीरगन्जस्थित सिर्सिया सुक्खा सञ्चालक पुरानै समयावधिसम्म सामान हटाउन दिन सहमत भएको छ । यस अघि बन्दरगाह सञ्चालकले २४ घण्टा भित्र सामान हटाउन आयातकर्तालाई बाध्य बनाएको थियो ।
पुरानो व्यवस्था अनुसार स्टिल आयातकर्तालाई ६ दिन र अन्य वस्तु आयातकर्तालाई ७ दिनसम्म सामान हटाउने समय उपलब्ध गराइन्थ्यो । तर, नयाँ सञ्चालकले २४ घण्टाभित्र सामान नहटाए डोमोरेज शुल्क लगाउने भन्दै आयातकर्तामाथि निरन्तर दबाब र शुल्क समेत लगाइरहेको थियो ।
क्यापिटल नेपालले सुक्खा बन्दरगाह सञ्चालकले २४ घण्टाभित्र सामान नहटाए डेमोरेज चार्ज भन्ने शिर्षकमा समाचार प्रकाशित गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुन्ठ अर्यालले वास्तविकता बुझ्नका लागि मन्त्रालयबाट वीरगन्ज सुक्खा बन्दरगाहमा कर्मचारी पठाएका थिए ।
जति कम सयम दियो उक्त डेमोरेज लगाउन पाइन्छ भन्ने उद्देश्य राखेर कम्पनीले यस्तो गरेको थियो । सञ्चालकले स्टिल उद्योगका लागि २४ घण्टा दिएको थियो भने अन्य सामान ल्याउनेले दुई दिन भित्र बन्दरगाहबाट सामान हटाइसक्नुपर्ने नियम थियो ।
उक्त कर्मचारीले त्यहाँको वास्तविक अवस्थाको अध्ययन गरेर फर्किएको र त्यहाँ सामान हटाउने समय एक हप्ताबाट २४ घण्टामा झारिएको रिपोर्ट सचिव अर्याललाई दिएका थिए । सोही रिपोर्टका आधारमा सचिव अर्यालले तत्काल पुरानै अवस्था कायम गर्न निर्देशन दिएका थिए । अबउप्रान्त अधिकतम सुक्खा बन्दरगाहमा आइपुगेको सामान हटाउन एक हप्ता समय दिने माइन्युट समेत भएको छ ।
उद्योगी/व्यवसायीले यस विषयलाई लिएर वाणिज्य सचिव अर्यालसहित उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडलाई समेत जानकारी गराएका थिए ।
नयाँ ठेकेदारले सुक्खा बन्दरगाहबाट सामान हटाउने समयावधि आफूखुसी तय गरेको थियो । महँगोमा ठेक्का पारेकाले जतिसक्दो चाँडो आफ्नो लागत उठाउन ठेकेदारले समयावधि घटाएको थियो । तर, वाणिज्य सचिव अर्यालले यसलाई गम्भीर रुपमा लिएर अघि बढेपछि समयावधि पुरानै अवस्थामा फर्किएको छ ।
सञ्चालकले बीसीएनअन्तर्गत आउने सामानलाई दुई दिन र आइरनअन्तर्गत आउने सामानलाई २४ घण्टाभित्र हटाइसक्नुपर्ने नियम लगाएको थियो । ठेकेदारले दिएको समयसीमाभित्र सुक्खा बन्दरगाहबाट सामान नहटाए सरकारले तोकअनुरुप डोमोरेज चार्ज लिने गर्थे ।
‘अब पुरानै व्यवस्था अनुसार गर्छौ भनेर सुक्खा बन्दरगाह सञ्चालकले सहमति गरेका छन्,’ सचिव अर्यालले भने, ‘पुरानै व्यवस्था कायम गर्ने वित्तिकै आयातकर्ताको समस्या हल हुन्छ । अहिलेको समस्या भनेको थोरै समय दिनु हो ।’
नयाँ ठेकेदारले सुक्खा बन्दरगाहबाट सामान हटाउने समयावधि आफूखुसी तय गरेको थियो । महँगोमा ठेक्का पारेकाले जतिसक्दो चाँडो आफ्नो लागत उठाउन ठेकेदारले समयावधि घटाएको थियो । तर, वाणिज्य सचिव अर्यालले यसलाई गम्भीर रुपमा लिएर अघि बढेपछि समयावधि पुरानै अवस्थामा फर्किएको छ ।
उद्योगी÷व्यवसायीले वाणिज्य मन्त्रालयको कदमलाई स्वागतयोग्य भएको बताएका छन् । ‘नयाँ ठेकेदारले दिएको समयमा कुनै हालतमा सामान हटाउन सक्ने अवस्था थिएन्,’ उद्योगी शशिकान्त अग्रवालले भने, ‘हामीले सचिव अर्याललाई यस विषयमा जानकारी गराएका थियौं । आज सम्बोधन भएको छ ।’
साउनमा प्रिन्स्टाइनले ठेक्का पाएको हो । दुई महिनाकै अवधिमा टर्मिनल शुल्क पनि मनलाग्दी बढाएको छ भने सामान हटाउने समयावधि पनि २४ घण्टामा झारेको छ ।
जति कम सयम दियो उक्त डेमोरेज लगाउन पाइन्छ भन्ने उद्देश्य राखेर कम्पनीले यस्तो गरेको थियो । सञ्चालकले स्टिल उद्योगका लागि २४ घण्टा दिएको थियो भने अन्य सामान ल्याउनेले दुई दिन भित्र बन्दरगाहबाट सामान हटाइसक्नुपर्ने नियम थियो ।
याे पनि पढ्नुस्
सुख्खा बन्दरगाहका ठेकेदारले मनलाग्दी उठाउन थाले शुल्क, २४ घण्टाभित्र सामान नहटाए डेमोरेज चार्ज
सिर्सिया सुख्खा बन्दरगाहले बढी शुल्क लिए/नलिएको अध्ययन गर्न वाणिज्यले खटायो कर्मचारी