काठमाडौं । वीरगन्जस्थित सिर्सिय सुक्खा बन्दरगाह सञ्चालकले सम्झौताविपरीत शुल्क लिएको प्रमाणितपछि नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी)ले स्पष्टीकरण सोधेको छ । एनआईटीडीबीले बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिसँग स्पष्टीकरण मागेको उद्योग वाणिन्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बन्दरगाह सञ्चालक र मजदुरलाई बेग्लाबेग्लै रकम तिर्दा प्रतिर्याक ५० हजारदेखि १ लाख ५० हजार रूपैयाँसम्म अतिरिक्त खर्च व्यहाेर्नु परेकाे छ । प्रिस्टाइनलाई १ सय ९ रूपैयाँका दरले शुल्क तिरेपछि मजदुरलाई लोडअनलोडको प्रतिमेट्रिकटन १ सय ५० रूपैयाँ बुझाएकाे भेटियाे । बेगनको ढोका खोलेको, सरसफाइ, ब्यागिङलगायत अन्य खर्च पनि आयातकर्तासँगै लिएकाे भेटियाे । ठेक्का सम्झौताका अधारमा बन्दरगाह सञ्चालकलाई २ सय ४६ रूपैयाँका दरले दिएपछि अरू खर्च नपर्ने हो ।
मन्त्रालयबाट अनुगमनमा खटिएको टोलीले बन्दरगाह सञ्चालकले सम्झौता विपरीत शुल्क लिएको फेला पारेपछि सञ्चाकलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
सुक्खा बन्दरगाह सञ्चालकले जथाभावि शुल्क लिएको समाचार क्यापिटल नेपालले प्रकाशित गरेपछि बाणिज्य मन्त्रालयले स्थलगत अनुगमनका लागि टोली खटाएको थियो । उनीहरु अनुगमन गर्दा सञ्चालकले बढी शुल्क लिएको अनुगमनका क्रममा फेला परेको थियो । त्यसपछि सञ्चालकलाई स्पष्टीकरण सोधिएको स्रोतले बताएको छ ।
बन्दरगाहमा आयातकर्ताले टर्मिनल सेवा शुल्क (टीएससी) र मजदुरलाई बेग्लाबेग्लै रकम तिरेको पाइएपछि प्रिस्टाइनलाई स्पष्टीकरण सोधिएको हो । बन्दरगाहको नियामक निकाय एनआईटीडीबी र प्रिस्टाइनबीच ठेक्का सम्झौतामा बन्दरगाह सञ्चालकले सेवाग्राहीसित टीएससीबाहेक कुनै पनि शुल्क लिन नपाइने शर्त छ । तर, बोराबन्द कार्गो (बीसीएन) तर्फका सेवाग्राहीले बन्दरगाह सञ्चालक र लोडअनलोडका मजदुर दुवैलाई रकम तिरेको भेटिएको हो ।
‘सेवाग्राही टीएससी र लोडअनलोडका लागि मजदूरलाई बेग्लाबेग्लै रकम तिर्न बाध्य भएको पाइयो । प्रिस्टाइनले तोकिएअनुसार शुल्क लिएपछि आयातकर्ताले अन्यलाई रकम तिर्नु पर्दैन ।
याे पनि पढ्नुस् ।
१) सुख्खा बन्दरगाहका ठेकेदारले मनलाग्दी उठाउन थाले शुल्क, २४ घण्टाभित्र सामान नहटाए डेमोरेज चार्ज
२) सिर्सिया सुख्खा बन्दरगाहले बढी शुल्क लिए/नलिएको अध्ययन गर्न वाणिज्यले खटायो कर्मचारी
३) वाणिज्य सचिव अर्यालको निर्देशनपछि सुक्खा बन्दरगाहबाट सामान हटाउने समयावधि पुरानै अवस्थामा फर्कियो