काठमाडौं । बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) ले हिमालयन बैंकको संस्थापक सेयर नकिन्ने भएको छ । सीडीसीले हिमालयनको सेयर खरिद नगर्ने औपचारिक जानकारी गराएको छ ।
सीडीसीले सेयर नकिन्ने जानकारी पाकिस्तानको हबिब बैंकलाई गराएको हो । सीडीसीले हिमालयनमा रहेको हबिबको २० प्रतिशत संस्थापक सेयर खरिदको समझदारीपत्र (एमओयू) गरेको थियो ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण लगानी नगर्ने जानकारी हबिबलाई गरेको हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले बताए । ‘हिमालयनमा सीडीसी लगभग नआउने भइसक्यो’ उनले भने ।
यो पनि पढ्नुस
हिमालयन बैंकको सेयर नेपालीलाई बेच्न हविवको तयारी, सञ्चय कोष र मनोजबहादुरसँग थाल्यो छलफल
सीडीसी नआउने पक्का भएपछि हाबिबले हिमालयनको संस्थापक सेयर बेच्न नेपाली लगानीकर्ताहरुसँग छलफल थालेको छ । हिमालयनमा हबिबको २० प्रतिशत स्वामित्व छ ।उसले संस्थापक लगानीकर्ताहरु कर्मचारी सञ्चय कोषसँग सेयर खरिदका लागि अनुरोधसमेत गरेको छ ।
स्वामित्व खरिदपछि सीडीसीले हिमालयलाई ३ करोड डलर अर्थात ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गर्न तयारीमा थियो । सञ्चय कोषको हिमालयनमा १५ प्रतिशत स्वामित्व छ । हिमालयका अध्यक्ष सञ्चयक कोषका प्रशासक गौतम छन् । सञ्चय कोषले एकल संस्थामा २५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ ।
यो पनि पढ्नुस
हिमालयन बैङ्कमा कमवेल्थ डेभलपमेन्ट कर्पोरेशनको प्रवेश हुँदै, छलफल सहमति नजिक
त्यसैले सञ्चय कोषले हबिबको १० देखि ११ प्रतिशतसम्म मात्र संस्थापक सेयर खरिद गर्न सक्ने छ । बाँकी ९ देखि १० प्रतिशत अन्य लगानीकर्ताको प्रवेश आवश्यक पर्छ ।
यसअघि हबिब सीडीसीबीच प्रतिकित्ता २.५२ अमेरिकी डलर सेयर किनबेच गर्ने सम्झौता भएको थियो । यसबीचमा हिमालयनको सम्पत्ति, दायित्व मूल्यांकन (डीडीए) समेत भइसकेको छ ।
यो पनि पढ्नुस
हिमालयन बैङ्कको संस्थापक सेयर मूल्यमा सहमति, हबिबले सीडीसीलाई बेच्यो २.५२ डलरमा
हिमालयनको चुक्तापुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ६०० रुपैयाँ छ । हिमालयनमा हबिबको १ करोड ८७ लाख ४४ हजार ५६३ कित्ता सेयर पुगेको छ । हिमालयनमा हिमालयन शमशेर राणा र खेतान ग्रुपको १२ १२ प्रतिशत स्वामित्व छ ।
सीडीसीले वल्र्डलिंक कम्युनिकेसनमा १ अर्ब बढी सेयर लगानी गरेको छ । कोरियाली लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा ५ करोड डलर ऋण लगानी गरेको छ । यस्तै एनएमबी बैंकलार्इृ पटक पटक गरेर ५ करोड डलर बढी ऋण दिइसकेको छ ।